बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय

सोमबार, १७ असार २०८१, १६ : २७
सोमबार, १७ असार २०८१

काठमाडौँ ।  नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत रहेको आरोप लगाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै रोकायले बजेट मन्त्रीहरूले आफूखुसी ल्याएको बताएका हुन् । 

उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले बजेट विनियोजन शक्ति र सत्ताको दुरुपयोग गरेर ल्याएको बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ का बजेटका सिद्धान्त र प्राथमिकतालाई टेकेर सोका आधारमा यो बजेट आयो की आएन भन्ने कुरा मुख्य हो । बजेट निर्माण गर्दा कुनै न कुनै मापदण्डमा टेकेर निर्माण गरिन्छ । तर अहिलेका विनियोजनका विभिन्न शीर्षक हेर्दा बिना मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत मन्त्रीहरूले आफूखुसी बजेट ल्याएको देखियो । यो बजेटलाई समग्रतामा हेर्दा मूल्य मान्यतामा नै त्रुटि देखियो । मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार, दुरुपयोग गरेको पुष्टि भएको छ । यो शक्ति र सत्ताको ठाडो दुरुपयोग हो । बजेटको मूल्य मान्यतामा नै गम्भीर त्रुटि देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप