बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त

सोमबार, १७ असार २०८१, १६ : २४
सोमबार, १७ असार २०८१

काठमाडौँ । विद्युतीय उपकरण उत्पादन कम्पनी ज्याक्सन इन्डिया प्रा.लि.ले आफ्नो उत्पादन  प्रिमियम  डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स् मानसिरी प्रा.लि लाई आधिकारिक वितरकमा नियुक्त गरेको छ । आफ्ना उत्पादनलाई नेपाली बजारमा भरपर्दो वितरण तथा पहुँच विस्तार गर्ने रणनीतिक अनुरुप कम्पनीले टाइम्स् मानसिरी प्रा.लि लाई चयन गरेको हो ।

ज्याक्सन इन्डिया प्रा.लि.ले डिजेल जेनेरेटरबाट विश्व बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । यसका  ७.५  केभीए देखि ३७५० केभीएसम्मका डिजेल जेनेरेटर रहेका छन् । 

टाइम्स मानसिरी प्रा.लि.का प्रबन्ध निर्देशक दीपकराज गिरी भन्छन्, ‘नेपालमा ज्याक्सनको प्रतिनिधिका रूपमा काम गर्न पाउँदा हामी गौरवान्वित छौँ । हाम्रो सम्पूर्ण टिम हाम्रा ग्राहकसम्म भरपर्दो ऊर्जा उपकरण पुर्‍याउनुका साथै उहाँहरुको मागलाई सम्बोधन गर्न प्रतिबद्ध छ । साथै ज्याक्सनका डिजेल जेनेरेटरलाई व्यापकता बनाउनका लागि कम्पनीले विभिन्न ठाउँमा डिलर नेटवर्क विस्तार गर्ने तयारी गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप