बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता

सोमबार, १७ असार २०८१, १६ : १५
सोमबार, १७ असार २०८१

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहबिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरूको सेवामा समर्पित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप