होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्तो छ सुविधा
सोमबार, १७ असार २०८१, १६ : १३
काठमाडौँ । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । आजबाट सुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भइरहेको छ ।
५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण नि:शुल्क रूपमा गराउन पाउनेछन् ।
यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने स्पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेबर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसी रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी