पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त
सोमबार, १७ असार २०८१, १५ : ५४

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल