बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग

सोमबार, १७ असार २०८१, १५ : ३६
सोमबार, १७ असार २०८१

काठमाडौँ । व्यवसायीहरूले वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।  

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ आँै स्थापना दिवसका अवसरमा आयोजित ३० औँ वार्षिक साधारण सभामा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संघका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राखेका हुन् । उनीहरुले व्यवसायीहरूले निःशुल्क रूपमा कुनैपनि व्यवसाय नगर्ने भएकाले सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गरे । उनले वैदेशिक रोजगार व्यवसाय मर्यादित, व्यवस्थित र पारदर्शी बनाउनसके मात्रै व्यवसाय लाइनमा आउनसक्ने जानकारी दिए ।   

अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसायी कम्पनीहरूले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने उल्लेख गरे । उनले वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरूलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोक्न आवश्यक रहेको बताए । उनले सरकारले धेरै नयाँ ठाउँहरूमा रोजगारीका गन्तव्यहरू खुला गरेको भनिए पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको दाबी गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनुरुप पाउन नसकिएको बताए । उनले सरकारले फ्री भिसा,फ्री टिकटको नारा र नीति लिएपनि त्यो अनुरुप वैदेशिक रोजगारीमा पठाउन नसकिएको बताए । उनले सरकारले फ्री भिसा, फ्री टिकटको नीति हचुवाको भरमा बनाएको दाबी गरे ।  

अध्यक्ष भण्डारीले सरकारले वैदेशिक रोजगार व्यवसायीको लागि  सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताए । उनले मागपत्र प्रमाणीकरण नगर्दा बेथिति मौलाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप