बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री

सोमबार, १७ असार २०८१, १५ : ३७
सोमबार, १७ असार २०८१

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उनले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् ।

उनले भने, ‘बजेटमा र नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार भइरहेको काण्डहरूको मात्र होइन । कुनै पनि कालखण्डमा भएका काण्डहरूमध्ये २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको भइरहेको छ । त्यसैले कोही पनि बेचैन हुनुपर्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप