वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

बाँके । वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।
वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका– १३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताए । खुला विद्यालयलाई तारबार गरी सुरक्षित गर्न निकुञ्जलगायत सरोकारवाला निकायको उनले ध्यानाकर्षण गराए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र १८ विद्यालय रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु आक्रमणको जोखिम बढेको हो । विद्यालय समयमा विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका सहायक संरक्षण अधिकृत उमेश पौडेलले बताए । उनका अनुसार बालबालिकालाई वन संरक्षण र त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले सचेत गराउनुपर्ने र जथाभाबी वनजङ्गल जान नहुनेबारे सचेत गराइएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले तारबार गर्नुपर्ने स्थानीयको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
-
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौँ, आकार पनि घट्दैन– मुख्यमन्त्री आचार्य
-
‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल
-
चैत तेश्रो साता कफी फेस्टिभल एण्ड च्याम्पियनसिपको आयोजना
-
‘चमेलीको पोइ’मा जोडिए मुकुन र सुरक्षा
-
प्रधानमन्त्री ओली थाइल्यान्डमा