ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति
सोमबार, १७ असार २०८१, १५ : ००

काठमाडौँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको छ । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।
वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । ‘मानवीय क्षति हुन पाएको छैन । केही पशु चौपायाको पहिरोमा परि मृत्यु भएका छन्’, वडाध्यक्ष सुनुवारले रातोपाटीलाई जानकारी दिए ।
पहिरोले घरमा क्षति भएपछि स्थानीयलाई विद्यालय भवनमा राख्न लागिएको जानकारी दिँदै उनले पहिरोका कारण त्यस क्षेत्रमा अन्य घरपनि जोखिममा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह