बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ईएमआई तिर्न नसक्दा खोसिएको थियो शाहरुखको कार

सोमबार, १७ असार २०८१, १४ : ३३
सोमबार, १७ असार २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री जुही चावला र अभिनेता शाहरुख खानको अनस्क्रिन केमेस्ट्री निकै हिट हुन्थे । ९० को दशकमा दुवै स्टारले एकसाथ कयौँ हिट फिल्म दिएका थिए । यी दुईको मित्रताको पनि निकै चर्चा हुने गरेको छ । दुवै विगत धेरै वर्षदेखि एक अर्काका नजिकका साथी हुन् ।

यतिबेला शाहरुख बलिउडका धनी अभिनेतामा गनिन्छन् । तर कुनै समय यस्तो पनि थियो कि खानले ईएमआई तिर्न नसक्दा कम्पनीले उनको जिप्सी कार खोसेर लगेको थियो । सो घटनाले अभिनेता निकै उदास बनेका थिए । गुजरात चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको एक कार्यक्रममा जुहीले सो घटनाबारे सुनाएकी थिइन् ।

‘मलाई याद छ, ती दिनहरूमा मुम्बईमा शाहरुखको घर थिएन । उनी दिल्लीबाट मुम्बई आउजाउ गर्थे । त्यहाँ उनी कहाँ बस्थे मलाई थाहा थिएन । तर उनी युनिट (फिल्म क्रु)सँगै चिया पिउँथे, खाना खान्थे र उनीहरूसँगै घुलमिल भएर बस्थे । त्यतिबेला हामी २–३ सिफ्टमा काम गर्थ्यौँ । उनी दिनरात काम गर्थे’ जुहीले भनेकी छिन् ।

त्यतिबेला शाहरुख खानसँग कालो रंगको जिप्सी थियो । उनले ईएमआई तिर्न नसक्दा एक दिन जिप्सी खोसियो ।  ‘त्यो दिन उनी निकै निराश बनेर सेटमा आएका थिए । मैले उनीसँग चिन्ता नगर्नुस् एक दिन तपाईसँग धेरै कारहरू हुनेछन् भनेको थिए । यो कुरा उनलाई आज पनि याद छ, किनभने यो सत्य भयो । आज हेर्नुस् त उनी कहाँबाट कहाँ पुगिसके’ अझ अगाडि अभिनेत्रीले भनिन् ।

भारतका सबैभन्दा धनी सुपरस्टार हुन् शाहरुख

उनै शाहरुख खान आज भारतीय सिनेमाका सबैभन्दा धनी सुपरस्टार बनेका छन् । उनीसँग कयौँ लक्जरी र महँगो कारहरूको कलेक्सन नै छ । मुम्बईको बान्द्रामा २०० करोडको बंगला छ । यसको नाम उनले मन्नत राखेका छन् । किंग खानलाई आज कुनै कुराको कमी छैन ।

शाहरुख खान र जुही चावलाले डर, राजु बनगया जेन्टलम्यान, डुप्लिकेट, राम जाने, फिर भी दिल है हिन्दुस्तानी र वन टूका फोर जस्ता फिल्ममा काम गरिसकेका छन् । छिट्टै शाहरुख खान किंग फिल्ममा देखिदैँछन् । जुही चावला पछिल्लो पटक द रेलवेम्यान वेब सिरिजमा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप