बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन तस्करी प्रकरण : सुन तस्करीसहित आठ अभियोग, ४६ प्रतिवादी

२ खर्ब बिगो दाबी गरिनुपर्ने राय, भोलि पूरक मुद्दा दर्ता गरिने
सोमबार, १७ असार २०८१, १४ : १५
सोमबार, १७ असार २०८१

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा लुकाएर नेपालका ३२ क्लिन्टल सुन तस्करी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सीआईबीले हिजो बेलुका अबेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

 यसअघि ६० किलो सुन तस्करीमा एउटा मुद्दा दायर भएको छ। यो दोस्रो मुद्दा दायर हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए । यसअघि २०८० असोज ३१ मा २४ जनालाई प्रतिवादी बनाउँदै सुन तस्करीमा जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको थियो । थप अनुसन्धानपछि यो पूरक अभियोग पत्र पेस गर्न लागिएको श्रेष्ठले बताए ।

‘हिजो साँझ प्रतिवेदन प्राप्त भएको छ । आज अध्ययन भइरहेको छ ’ श्रेष्ठले भने ‘भोलि जिल्ला अदालतमा अभियोग पत्र पेस गर्छौ ।’

२०८० साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।  

  • ४६ जनालाई आठ अभियोगमा मुद्दा चलाउन राय

सीआईबीले अनुसन्धानपछि विभिन्न आठ अभियोगमा ४६ जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ। उनीहरु विरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्ते समेत आकर्षित हुने भएकाले उक्त अभियोग दाबी गरेर मुद्दा चलाउनुपर्ने राय सीआईबीको प्रतिवेदनले दिएको छ। सीआईबीको प्रतिवेदन अध्ययनकै क्रममा रहेको र कति अभियोग दाबी गर्नेमा निर्णय भई नसकेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

 सीआईबीले प्रतिवेदन बुझाएको प्रतिवेदनमा अभियोगपत्रसगै २० जना पेस गरिने र थप २६ जना फरार अभियुक्तको रूपमा देखाउने राय दिइएको छ। सरकारी वकिलको कार्यालयले प्रतिवादीको बारेमा पनि आज अन्तिम निर्णय गर्ने छ। मुद्दा चलाउन आवश्यक नदेखेमा उनीहरूलाई प्रतिवादी नबनाउन पनि सक्ने छ । हाल पक्राउ परेकोमा नेपालीसहित, चिनियाँ र भारतीय नागरिक रहेका छन् ।

उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिनुपर्ने राय सीआईबीको छ।

सीआईबीले नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको दाबी गरेको छ । नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको समेत सहभागितामा सिआईबीले सुज तस्करीको अनुसन्धान गरेको थियो।

प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको दाबी गरिएको छ। । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुने ब्युरोको भनाई छ ।

हुने पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमा २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु गरेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप