बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
दशौं राष्ट्रिय महाधिवेशन

एकीकृत समाजवादीको महाधिवेशनमा राजेन्द्र राईको फरक मत (पूर्ण पाठसहित)

सोमबार, १७ असार २०८१, १४ : १०
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सचिव राजेन्द्र राईले एकीकृत दस्ताबेजमाथि फरक मत राख्ने तयारी गरेका छन् । काठमाडौँस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा राईले ३२ पेज लामो फरक मत राख्ने तयारी गरेका हुन् । 

सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) लाई छोडेर समाजवादी कार्यक्रम अघि सारे पनि राईको फरक मत जबजकै पक्षमा छ । उनले जबजको औचित्य समाप्त भैनसकेको दाबी गरेका छन् । 

एकीकृत समाजवादीले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र वैज्ञानिक समाजवादलाई बनाएको तर राईले त्यसमा केही फरक मत दर्ज गर्न लागेका हुन् । 

‘मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । हामी क्रान्तिकारी र सर्वहारा वर्गीय दृष्टिकोण अङ्गाल्छौँ । उदार लोकतन्त्रवादी विचार हाम्रो होइन । वैज्ञानिक समाजवादको विचार हो’, अध्यक्ष माधव नेपालले भन्ने गरेका छन् । सोही अनुसार अध्यक्ष नेपालले महाधिवेशनमा राजनीतिक दस्ताबेज पेस गर्दैछन् । 

यसअघि पार्टी कमिटीमा भएको विचारको बहसमा पनि अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल वैज्ञानिक समाजवादमा एकमत देखिएका छन् । तीन नेता विचारको सवालमा एकमत भए पनि अध्यक्ष नेपाल निकट मानिने राईले किन फरक मत राख्न लागेका हुन् भन्ने अर्थपूर्ण छ । 

‘क्रान्तिको कार्यक्रमको रूपमा जबजको च्याप्टर क्लोज भन्न सकिए पनि जबजले अघि सारेका वा आत्मसात गरेका कतिपय यस्ता विशेषता÷मान्यताहरू छन् जसको औचित्यता अझै छ, त्यसैले जबजको पूरै च्याप्टर क्लोज भएको मान्न सकिन्न’, राईले आफ्नो फरक मतमा भनेका छन् । 

उनले जनताको बहुदलीय जनवाद (जबज) सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको कार्यक्रम भएको भन्दै नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पुँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रूपमा चाहिँ जबजको च्याप्टर क्लोज भएको तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पुँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरू पूरा हुन नसकेको बताएका छन् ।

 ‘तर पनि अब हामी पुँजीवादी क्रान्तिको चरणमा छैनौ, समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छौ । त्यसैले अब हाम्रो क्रान्तिको कार्यक्रम समाजवादी हुनेछ, जबजका अधुरा प्रासङ्गिक कार्यक्रमहरू समाजवादी क्रान्तिका अंगका रूपमा जोडिएर जानेछ । यति कुरामा कसैले हाम्रा पार्टी भित्र विमति राखेको छैन’, राईले भनेका छन् ।

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप