बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अग्रज पत्रकार कर्णदेव भट्टको निधन

सोमबार, १७ असार २०८१, १४ : ११
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो ।

 विगत चार दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भट्टले फारवेस्ट टाइम्स दैनिकमा सम्पादकको रूपमा काम गरेका थिए । राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेर समेत काम गरेका भट्टको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

 ’नेपाल पत्रकार महासंघ स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ,’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप