अस्पतालमा भर्ना भए अभिनेता शत्रुघ्न सिन्हा
नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हा अस्पतालमा भर्ना भएका छन् । बिहे भएको ६ दिनपछि अभिनेताकी छोरी सोनाक्षी सिन्हा र ज्वाईं जहीर इकबालको गाडी अस्पताल बाहिर देखिएको थियो ।
नवविवाहित जोडीलाई अस्पतालमा देखेपछि अनकौं अड्कल बाजी पनि चले । तर अहिले यसबारे जानकारी आएको छ । सोनाक्षीका पिता शत्रुघ्न सिन्हालाई चोट लागेकोले अस्पतालमा भर्ना गरिएको थियो ।
‘पितालाई केही दिन अघि भाइरल ज्वरो आएको थियो, उनी कमजोर पनि थिए त्यसैले हामीले उनलाई अस्पतालमा भर्ना गरायौँ ।’ अभिनेताका छोरा लवले बताएको भन्दै इन्डियन एक्सप्रेसले समाचार छापेको थियो । टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।
एकदिन घरमै उपचार गरिएको भए पनि दुखाई कम नभएपछि उनलाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?
-
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
-
बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो