बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सोमबार, १७ असार २०८१, १३ : ५७
सोमबार, १७ असार २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • मुगु, छाँयानाथ रारा नगरपालिका-४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ  बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय  सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
  • सर्लाही, हरिवन नगरपालिका-१ पटौनास्थित खेत जोत्न जाने क्रममा ज.१ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालक हरिवन नगरपालिका-२ बस्ने ५० सहदेव राउतको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । 
  • यसैगरी सर्लाही, बागमती नगरपालिका-५ केराबारीस्थित सडकमा बा. २९ प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका-४ बस्ने मोटरसाइकल चालक सोम बहादुर डिङडुङको छोरी २ वर्षीया कृष्टिना डिङडुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गाउँ मैत्री अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । 
  • पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डकस्थित सडकमा परवानपुरबाट गण्डकतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-०२७ प ८०९३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१८ सुखचैन बस्ने ३५ वर्षीया गीता देवीको मृत्यु भएको छ । आइतबार दिउँसो स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । 
  • कैलाली, कैलारी गाउँपालिका-४ ‘के’ गाँउ बस्ने ४० वर्षीय देवल चौधरीले आफैले चलाएको खेत जोत्ने चम्पा टेक्टर घर नजिकै पार्किङ गर्ने क्रममा काठको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप