बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पत्रकार मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित

सोमबार, १७ असार २०८१, १३ : ५४
सोमबार, १७ असार २०८१

कास्की । पत्रकार गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित मरासिनीलाई पुरस्कृत गरेको हो ।

पत्रकार मरासिनीले कदर पत्रसहित नगद रु ५० हजार प्राप्त गरेका छन् ।  विगत १३ वर्षदेखि पत्रकारितामा क्रियाशील पुतली बजार नपा–३, स्याङ्जा निवासी मरासिनीले विशेष गरी युवा, पर्यटन, राजनीतिक र समसामयिक विषयमा राष्ट्रिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रूपमा आफ्नो कलम चलाउँदै आएका छन् । 

उनले नेपालका प्रमुख पर्यटकीय गन्तव्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रवर्द्धनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् । 

अनलाइन पत्रकार सङ्घका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक विषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् । यसअघि उनले सार्क यूथ लिडर अवार्ड, सङ्कटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप