जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
सोमबार, १७ असार २०८१, १३ : ५२
![जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-jail-group-cartoon_7ectnfd90S.jpg)
काठमाडौँ । झापा र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
झापाको कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुब्बाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी