बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जुसको बट्टाभित्र कोकिन, दुई जना विदेशी पक्राउ

सोमबार, १७ असार २०८१, १३ : ४५
सोमबार, १७ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागु औषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुङ्गबा र र ५६ वर्षीय त्वालिब किपेयेबु पासुवा रहेका छन् । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट त्वालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप