बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा

सोमबार, १७ असार २०८१, १३ : ३४
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठुला दलका शीर्ष नेताहरूबिच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन् । 

उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बिचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए । उनले नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए ।

उनले भने – ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौँ भने अहिले सिङ्गै राजनीति तरङ्गित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बिचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला–ठुला ब्यानर न्युजहरू हामीले पढ्न पाउँछौँ । मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुई जना नेताहरू बस्न बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने । सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रूपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ । यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन । तर पनि राजनीतिक दलका नेताहरूका बिचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो ।’

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप