स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै तत्काल समाधान गर्न माग गरे ।
उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रस्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’
उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए ।
उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढी दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन । यातायात विभागमा लाइसेन्स छाप्न एउटा मात्र मेसिन छ । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित