बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विज्ञान प्रविधिका २ विधेयकको मस्यौदामा अनुसन्धानकर्मी र वैज्ञानिकहरूसँग छलफल

सोमबार, १७ असार २०८१, १३ : १३
सोमबार, १७ असार २०८१

काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विधेयकका मस्यौदामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरसरकारी तथा निजी अनुसन्धान संस्थाका वैज्ञानिकहरूसँग छलफल गरेको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोष सम्बन्धी विधेयकको मस्यौदा उपर मन्त्रालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा Research Institute for Biosceice and Biotechnology, Phutung Research Institute, Global Institute for Interdisciplinary Studies (GIIS), Kathmandu Institute of Applied Sciences, Nepal Applied Mathematics and Informatics Institute for research, Nepal Development Research Institute (NDRI), Center for Health and Disease Studies (CHDS) Nepal, Kathmandu Research Institute For Biological Sciences लगायतका अनुसन्धान संस्थाका प्रतिनिधिहरू तथा वैज्ञानिकहरूको उपस्थिति थियो ।

सहभागीहरूले विज्ञान प्रविधिको नियमन तथा कोषसँग सम्बन्धित विधेयक आउन लागेकोमा खुसी व्यक्त गर्दै निजी वा गैर नाफा मूलक अनुसन्धान संस्थाहरूको पहिचानको समस्या, अन्तर्राष्ट्रिय आबद्धता तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग  संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चलनमा समस्या, अनुसन्धानको क्षेत्रमा कर छुट सम्बन्धी व्यवस्था, नेपाल सरकारबाट अनुसन्धानलाई परामर्श सेवाको रूपमा बुझी भएको अलमल, अनुसन्धान प्रस्ताव र अनुसन्धानमा देश भित्र उचित लगानीको अभाव आदि विषयहरू सम्बोधन गरी विधेयकको मस्यौदा तयार पारिनुपर्ने सुझावहरू व्यक्त गरेका थिए। 

कार्यक्रमको समापन गर्दै मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सबै संस्थाहरूले संयुक्त रूपमा राय सुझावको लागि गरेको मेहनतका लागि धन्यवाद व्यक्त गर्दै मस्यौदा थप परिमार्जन गरी पुनः छलफल गरिने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप