बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रचण्ड–ओली भेटबारे मन्त्री शक्ति बस्नेत के भन्छन् ?

सोमबार, १७ असार २०८१, १३ : ०७
सोमबार, १७ असार २०८१

काठमाडौँ । सत्ता समीकरण फेरबदलको चर्चासँगै दलका शीर्ष नेताहरूको दौडधुप बढेको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच बालकोटमा भएको भेटलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीसँग चासो व्यक्त गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई साथमै राखेर ओलीसँग छलफल गरेका थिए । सोही विषयमा उनले ओलीसँग बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो भेटवार्ता गरेका थिए । सत्ता समीकरण फेरबदलको विषयले माओवादी बढी तरङ्गित भएको छ । 

यद्यपि पछिल्लो समय शीर्ष नेताहरूको दौडधुप सामान्य भएको ऊर्जामन्त्री शक्ति बस्नेतले बताए । प्रचण्ड र ओलीबिच भएको छलफल शान्ति प्रक्रिया लगायतको विषयमा छलफल भएको हो । गठबन्धनमा कुनै समस्या छैन । अहिले सरकार फेरबदल हुँदैन । राष्ट्रिय सहमतिको सरकार बनाउने विषय त्यहाँसम्म पुगेको छैन’, मन्त्री बस्नेतले भने ।

प्रधानमन्त्रीको सचिवालयले पनि सङ्क्रमणकालीन न्याय, सरकार सञ्चालनको विषयमा प्रचण्ड र ओलीबिच छलफल भएको जिकिर गरेका छन् । देउवा–ओलीबिच भएको भेटवार्तामा प्रधानमन्त्रीले सुरुमा केही संशय पैदा भएको भए पनि ती विषय छलफलबाट स्पष्ट भइसकेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द आचार्यको जिकिर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप