बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ

सोमबार, १७ असार २०८१, १२ : ५३
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेकपा(एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको बताए ।

‘दुई देशबिचको महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठुलो महत्व राख्छ । जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडी बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो ।’

भारत लगायतका देशहरुसँग गरिएका सम्झौताहरुलाई पनि कार्यान्वयन गर्नुपन बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप