बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी

सोमबार, १७ असार २०८१, १२ : ४५
सोमबार, १७ असार २०८१

काठमाडौँ  । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली कांग्रेस र नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् । 

उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको जिकिर गरे । उनले संविधान संशोधनसम्मका लागि कांग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । 

उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठुला दल नेपाली कांग्रेस तथा नेकपा(एमाले)का शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठुला दलहरूका बिच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठुला दलहरू बिचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप