बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

सोमबार, १७ असार २०८१, १२ : ३२
सोमबार, १७ असार २०८१

काठमाडौँ । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्याङ्कले देखाएको छ । विशेष गरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्याङ्कमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा वृद्धि भएको पनि देखिएको छ । 

नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ । आर्थिक वर्ष  २०८०/८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।

घरजग्गाको कारोबारमा वृद्धि भएसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको सङ्ख्या पनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो ।

राष्ट्र बैंकका अनुसार रियल स्टेट  र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ । कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।

चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख रुपैयाँ बराबरको प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप