अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न कठायतको माग
![अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न कठायतको माग](https://npcdn.ratopati.com/media/news/binita-kathayat_5rQuF9gSGm.jpg)
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन् । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरूकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताउनु भयो ।
सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन् – ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरीत कदम हो । यसलाई तत्काल कानुनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता
-
बबरमहल डुबानमा परेपछि यसरी गरियो रेस्क्यू, तस्बिरहरू
-
नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)
-
प्रहरीमाथि कुटपिट गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन