उद्योग मन्त्रीलाई कांग्रेसले बुझायो १७ बुँदे मागपत्र

काठमाडौँ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो ।
स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गरी विभागले मन्त्रीको ध्यानकर्षण गराएको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि नवीन एवम् सिर्जनशील सोचु लाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन ।
नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न विभागले माग गरेको छ । विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ ।
सो वेबसाइटको दायरा बढाई स्टार्टअप सम्बन्धी सम्पूर्ण जानकारी र प्रक्रियालाई वेबसाइटमा समावेश गर्न विभागले माग गरेको छ । आफुहरुले राखेको मागमा मन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको विभागका सदस्य खगेन्द्र आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार