बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रशासनिक केन्द्र निर्माण राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस

सोमबार, १७ असार २०८१, ११ : ४६
सोमबार, १७ असार २०८१

हेटौँडा । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सङ्घीय सरकारलाई सिफारिस गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अनुसार हेटौँडा १७ हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सङ्घीय सरकारलाई सिफारिस गरेको हो ।

उक्त आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा प्रयोग हुने भएकाले जग्गा प्राप्तिमा सहजीकरण गर्न गौरवको आयोजनाको रूपमा समेट्न सिफारिस गरिएको उनले बताए । वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने प्रावधानका अनुसार सङ्घीय सरकार समक्ष सिफारिस गरिएको उनको भनाई छ । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरू संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, सञ्चालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकूल नदेखिएका दफाहरू संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरू परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जनसहित परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तीको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप