बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

सोमबार, १७ असार २०८१, ११ : ४०
सोमबार, १७ असार २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 

‘प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु’, यादवको भनाइ थियो । सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगितको घोषणा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप