बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

खनालको नेतृत्वमा अध्यक्ष मण्डल, विद्युतीय मेसिनबाट मतदान

सोमबार, १७ असार २०८१, १० : ४८
सोमबार, १७ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।  काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

१३ सदस्यीय अध्यक्षमण्डल 

यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ । 

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूले बताउँदै आए पनि नेताहरूले अडान नछोड्दा अहिलेसम्म सहमति हुने नहुने निश्चित भैसकेको छैन । अध्यक्षका लागि माधव नेपालका साथै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकाङ्क्षी छन् ।

तर खनालले अन्तिममा भुसाललाई सहयोग गर्ने सम्भावना रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।  सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुटे नेपाल र भुसाल प्यानलसहित निर्वाचनमा जाने सम्भावना नरहेका नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप