फ्रान्सेली निर्वाचनमा दक्षिणपन्थी पार्टीको अग्रता

पेरिस । फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले अग्रता लिएको छ । दलले फ्रान्सेली राजनीतिमा आफ्नो प्रभुत्व बलियो बनाएको छ र सत्ताको नजिक आइपुगेको छ । आप्रवासी विरोधी नेशनल र्यालीका नेता मारिन ले पेनले म्याक्रोँ गुटको पूरै सफाइ भएको बताएकी छन् । उनले यसोभन्दा दलका कार्यकर्ताहरू खुसीले रमाएका थिए ।
नेशनल र्याली ३३ दशमलव २ प्रतिशत भोटको साथमा जीततर्फ अग्रसर छ । सम्पूर्ण वामपन्थी गठबन्धन भने २८ दशमलव १ प्रतिशत भोटसहित दोस्रो स्थानमा छ । म्याक्रोँ गुटले २१ प्रतिशत मत पाएको छ । नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले भने, ‘यदि फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु ।’
यसअघि फ्रान्सको राष्ट्रिय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको थिएन । मारिन ले पेन र जोर्डन बर्डेला फ्रान्सको ५७७ सिट भएको राष्ट्रियसभामा २८९ सिटसहित बहुमत ल्याउन चाहन्छन् । तर दोस्रो चरणको निर्वाचनपछि राष्ट्रियसभाको सपना साकार हुने देखिँदैन । बहुमत बिना फ्रान्समा त्रिशङ्कु संसद् हुनेछ । नेशनल र्यालीले कर कटौती, आप्रवासन र कानुन र व्यवस्थामा आफ्नो एजेन्डा पूरा गर्न सक्ने छैन ।
इमानुएल म्याक्रोँ सामु चुनावको घोषणा गर्ने कुनै खास कारण थिएन । तर युरोपेली चुनावमा नेशनल र्यालीका जीतपछि उनले चुनावलाई निकै जिम्मेवार समाधान भनेका थिए । अहिले भने चुनाव राजनीतिक व्यवस्थामा उथलपुथल ल्याउने जुवा साबित हुँदैछ । यस पटकको निर्वाचनमा मतदान प्रतिशतमा सन् १९९७ पछि सबैभन्दा ठुलो वृद्धि देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा किन अवैधानिक छ गाँजाको व्यावसायिक खेती ?
-
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी
-
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?