बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

सोमबार, १७ असार २०८१, १० : ३२
सोमबार, १७ असार २०८१

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । 

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय सहनीले बताए । 

उनले सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । 

वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीको भनाई रहेको छ । 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप