बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
छिमेक

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०३ वर्ष, पार्टी सदस्य सङ्ख्या १० करोड

सोमबार, १७ असार २०८१, ०९ : ५१
सोमबार, १७ असार २०८१

चीन । दस करोड पार्टी सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) विश्वको सबैभन्दा धेरै सदस्य सङ्ख्या भएको पार्टी बन्न पुगेको छ ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०३ वर्ष पुगेको अवसरमा पार्टी सदस्यको सङ्ख्या सार्वजनिक गरिएको हो ।

सन् १९२१ जुलाई १ तारिखमा दिन हालको विकसित र आधुनिक वाणिज्य सहर शांघाईमा पार्टी स्थापना भएको थियो ।  वार्षिकोत्सवको अवसरमा सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सङ्गठन विभागले गरेको घोषणाअनुसार पार्टी सदस्य ९ करोड ९१ लाख ८५ हजार पुगेको जनाएको छ । सन् २०२२ को तुलनामा सदस्य सङ्ख्या ११ लाख ४४ हजारले वृद्धि भएको छ । 

हाल सीपीसीका ५१ लाख ७६ हजार आधारभूत सङ्गठनहरू रहेका छन् । आधारभूत तहमा पार्टी समितिको सङ्ख्या २ लाख ९८ हजार र मुख्य विभागको सङ्ख्या ३ लाख २५ हजार र शाखा विभागको सङ्ख्या ४५ लाख ५४ हजार रहेको छ ।  

आगामी वर्ष सदस्य सङ्ख्या १० करोड भन्दा माथि पुग्ने अनुमान समेत गरिएको छ । हाल चीनको जनसङ्ख्या करिब एक अर्ब ४० करोड रहेको छ । यसअघि विश्वको पहिलो जनसङ्ख्या भएको देश भए पनि पछिल्लो समय चीनको जनसङ्ख्या घट्दो छ । चीन जनसङ्ख्यामा पनि हाल दोस्रो हुन पुगेको छ । 

202406303913df401f404cbbb72386ec9c57be46_XxjwshE007040_20240630_CBMFN0A001

चीनमा सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीका १८ औँ  राष्ट्रिय महाधिवेशनपछि सी महासचिवमा निर्वाचित भएपछि लगातार राष्ट्राध्यक्ष छन् ।  एक सय तीन वर्षे कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा चीनका राष्ट्राध्यक्ष एवं सीपीसीका महासचिव सी जिनपिङले समाजवादी आधुनिकीकरण सशक्त मुलुकको निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । 

सीले चिनियाँ शैलीको आधुनिकीकरण मार्फत चौतर्फी रूपमा चीनको पुनरुत्थानलाई अघि बढाउँदै जाने समेत उल्लेख गरेका छन् । 

विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनले आफूलाई विकासोन्मुख मुलुक भन्ने गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले आगामी सन् २०३५ सम्म मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य राखेको छ । सन् २०४९ नयाँ आधुनिक चीन स्थापनाको शत वार्षिकोत्सव पनि हो।  

सन् २०२२ को अक्टोबरमा बेइजिङमा सम्पन्न सीपीसीको २० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन मार्फत चीनलाई सन् २०४९ सम्मको मार्गचित्र प्रस्तुत गरेको छ । 

सन् १९७८ मा चीनमा तङ स्याओफिङले अवलम्बन गरेको सुधार र खुल्लापन कारण चीनले समाजवादी व्यवस्था र अर्थ विकासको फड्को मारेको छ । 

CCP

स्याओपिङको नीति अनुसार अगाडि बढेको सीपीसीले  चीनलाई विश्वको कारखाना बनाउने काम सुरु गरेको थियो । विश्वभर उत्पादन हुने अधिकांश वस्तु चीनमा उत्पादन हुने भएकाले त्यसो भनिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको नीति अनुसार चीनमा केन्द्रीय सरकार, प्रान्तीय, नगरपालिका र जिल्ला स्तरीय गरी तहहरूमा कम्युनिस्ट पार्टीबाट सञ्चालन गर्ने प्रणाली छ । 

सीपीसीले नेतृत्वमा गरिबी निवारणमा पनि उल्लेख काम गरेको छ । सन् २०१२ देखि सी सत्तामा पुगेपछि करिब ९ करोड ८९ लाख ९० हजार गरिब चिनियाँ नागरिकलाई गरिबबाट मुक्त गराइएको तथ्यहरू चिनियाँ सञ्चारमाध्यमहरूले प्रसारण गरिरहेका छन् । 

  • यस्तो छ सीपीसीको इतिहास 

सन् १९२१ जुलाई १ तारिखका दिन चिनियाँ युवा श्रमिकहरूले सर्वहारा जनताको मुक्तिका लागि भनेर चीनको पूर्व क्षेत्रमा रहेको शांघाई सहरमा पार्टी स्थापना गरेका थिए । राजतन्त्रात्मक शासन र विदेशी हस्तक्षेपका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । 

सीपीसीको पहिलो राष्ट्रिय महाधिवेशन सन् १९२१ को जुलाई महिनाको २३ देखि अगस्ट २ तारिखसम्म शांघाई च्यासिङमा डुङ्गाभित्र आयोजना भएको थियो ।

d663a611b53033bc3b74447b32efafcdd2380213

पहिलो महाधिवेशनमा ५७ जना सदस्य मात्र थिए । त्यति बेला शांघाई फ्रान्सको अर्ध उपनिवेश जस्तै थियो । सो सम्मेलनमा माग लिने प्रतिनिधिहरू सन् १९४९ मा जनवादी गणतन्त्र घोषणा हुँदा केवल दुई जना माओ चतोङ र तोङ पिवु मात्र सहभागी थिए । 

सत्तामा आएपछि खुल्ला रूपमा आयोजित सीपीसीको पहिलो महाधिवेशनका राजधानी बेइजिङमा आठौँ महाधिवेशन आयोजना गरिएको थियो । त्यसअघि, सीपीसीको महाधिवेशन दोस्रो शांघाई, तेस्रो, क्वाङचौ, चौथो शांघाई, पाँचौँ वुहान, छैटौँ मस्को (रुस) सातौँ यानआनमा भएको थियो । 

आठौँ महाधिवेशनपछि २० औँ महाधिवेशनसम्म आइपुग्दा सबै महाअधिवेशन राजधानी बेइजिङमा भएको छ । सीपीसीको छैटौँ महाधिवेशन सन् १९२८ जुन १८ देखि जुलाई ११ सम्म मस्कोमा भएको थियो । सीपीसीको इतिहासमा चीन बाहिर भएको महाधिवेशन यो पहिलो थियो । 

सन् १९२७ मा सीपीसीको नेतृत्वमा  जनमुक्ति सेनाको स्थापना गरिएको थियो । सन् १९३१ देखि चीनमा जापानले लगातार आक्रमण गरेको थियो । मस्को महाधिवेशनको १७ बर्षपछि मात्र सन् १९४५ मा सीपीसीको सातौँ महाधिवेशन यानआनमा सम्पन्न भएको थियो ।  

सन् १९९७ सेप्टेम्बर १२ देखि १८ सम्म आयोजित सीपीसीको १५ औँ राष्ट्रिय महाधिवेशनले मार्क्सवाद, लेनिनवाद र माओ चेतोङ विचारका साथै तङ स्याओफिङ सिद्धान्तलाई चिनियाँ कम्युनिस्ट पार्टीको मार्गदर्शन विचारधारा बनाउने निर्णय गर्दै विधानमा समावेश गरेको हो ।

त्यसपछि सन् २०१२ नोभेम्बर ६ देखि १५ सम्म भएको सीपीसीको १८ औँ राष्ट्रिय महाधिवेशनबाट सी जिनपिङ महासचिव निर्वाचित भए । सन् २०१३ मार्चदेखि सी चिनियाँका राष्ट्राध्यक्ष छन् । सन् २०१७ अक्टोबर १८ देखि २४ सम्म आयोजित सीपीसीको १९ औँ राष्ट्रिय महाधिवेशनले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमा सी जिनपिङ विचारधारा’ नामक नयाँ मार्गदर्शक विचारधारालाई पार्टीको विधानमा समेटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप