बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

सोमबार, १७ असार २०८१, ०९ : ३९
सोमबार, १७ असार २०८१

सुर्खेत । जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । 

आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । प्रिन्सका बुबा रमेश विक घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिए । 

६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप