शतप्रतिशत जित निकाल्दै भेनेजुएला कोपाको अन्तिम ८ मा, मेक्सिको बाहिरियो

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।
टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए ।
८५ औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।
क्वार्टरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?
-
बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि
-
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने