बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान

सोमबार, १७ असार २०८१, ०६ : १९
सोमबार, १७ असार २०८१

काठमाडौँ । विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । 

यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले निम्तने विकारको उपचारबारे २०१९ डेटामा आधारित बृहत् अपडेट हो ।

रिपोर्टका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतमा बाँचिरहेका छन् । ‘मादक पदार्थको सेवनले व्यक्तिगत स्वास्थ्यमा गम्भीर रूपमा क्षति पुर्‍याउँछ । यसले पुराना रोग, मानसिक रोगको अवस्था बिगार्ने जोखिम त छ नै बर्सेनि लाखौँ मानिसको मृत्यु पनि भइरहेको छ । जसलाई रोक्न सकिन्छ । यसले परिवार र समुदायमा ठुलो बोझ थोपर्छ, दुर्घटना, चोट र हिंसाको जोखिम पनि बढाउँछ,’ डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले प्रतिवेदनमा भनेका छन् ।

स्वस्थ, अधिक समतामूलक समाज बनाउने हो भने तत्कालै मदिरा सेवन गर्दा हुन सक्ने नकारात्मक स्वास्थ्य र सामाजिक परिणामहरू कम गर्ने र लागू औषध सेवनका कारण हुने विकारको उपचारलाई सुलभ र किफायती बनाउने खालका साहसिक कार्य गर्न हामीहरू प्रतिबद्ध हुनु पर्ने पनि उनले बताएका छन् ।

  • रक्सीको सेवनले स्वास्थ्यमा पार्ने प्रभावहरू

सन् २०१० यता मदिराजन्य मृत्युदरमा केही कमी आएको भए पनि मदिरा सेवनबाट हुने मृत्युको कुल सङ्ख्या अस्वीकार्य रूपमा न्यून रहेको र २०१९ मा यो २६ लाख पुगेको प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०१० मा विश्वको प्रतिव्यक्ति रक्सी खपत ५ दशमलव ७ लिटर थियो । सन् २०१९ मा यो घटेर साढे ५ प्रतिशतमा आएको छ । समीक्षा अवधिमा प्रतिव्यक्ति खपत सबैभन्दा धेरै युरोपमा ९ दशमलव २ लिटर र अमेरिकी क्षेत्रमा साढे ७ लिटर रहेको छ ।

रक्सी सेवनका कारण सबैभन्दा  धेरै मृत्यु युरोपेली क्षेत्र र अफ्रिकी क्षेत्रमा पाइएको छ । प्रतिलिटर मदिरा सेवन गर्दा  हुने मृत्युदर न्यून आय भएका देशहरूमा सबैभन्दा बढी र उच्च आय भएका देशहरूमा सबैभन्दा कम छ । सन् २०१९ मा रक्सीसँग सम्बन्धी सबै मृत्युहरू मध्ये करिब १६ लाख मृत्युको कारण नसर्ने रोग थियो । यसमा पनि मुटुसम्बन्धी रोगका कारण मर्नेको सङ्ख्या ४ लाख ७४ हजार थियो भने क्यान्सरका कारण ४ लाख १ हजार थियो । 

अर्को ७ लाख २४ हजार मृत्यु सडक दूघर्टना, पारस्परिक हिस्सा आदिमा चोटका कारण भएको थियो । अर्को २ लाख ८४ हजार मृत्यु रक्सी सेवनपछि असुरक्षित यौन सम्पर्कका कारण एचआईभी जस्ता सरुवा रोगका कारण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप