स्पेन र जर्मनीको भिडन्त पक्का
सोमबार, १७ असार २०८१, ०६ : ००

काठमाडौँ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै स्पेन युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को खेलमा स्पेनले नवप्रवेशी जर्जियालाई ४–१ गोलले हराएको हो ।
खेलमा रोबिनले नोरमान्डको आत्मघाती गोलको मद्दतले जर्जियाले १८ औँ मिनेटमा अग्रता लिएको थियो । तर, ३९ औँ मिनेटमा रोड्रीले स्पेनका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा भने स्पेनले गोलको वर्षा नै गर्यो । ५१ औँ मिनेटमा फाबियन रुइजले टोलीलाई अग्रता दिलाए भने ७५ औँ मिनेटमा निको विलियम्सले अर्को गोल थपे । ८३ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
योसँगै स्पेन क्वार्टरफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ । अब स्पेनले अन्तिम ८ मा आयोजक जर्मनीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा