बेलिङहम र केनको मद्दतले इंग्ल्यान्डको पुनरागमन
सोमबार, १७ असार २०८१, ०५ : ५३

काठमाडौँ । युरो २०२४ बाट बाहिरिने संघारमा पुगिसकेको गत संस्करणको फाइनलिस्ट इंग्ल्यान्ड शानदार पुनरागमन गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै टोली २–१ गोलले विजयी बनेको हो ।
खेलको २५ औँ मिनेटमा इभान स्रान्जले गोल गरेपछि खेलमा स्लोभाकियाले अप्रत्याशित अग्रता लिएको थियो । खेलको निर्धारित अवधिभर बराबरी गोल फर्काउने प्रयास गरे पनि इंग्ल्यान्ड सफल हुन सकिरहेको थिएन ।
प्रतियोगिताबाट बाहिरिन केही सेकेन्ड मात्र बाँकी रहँदा जुड बेलिङहमले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । खेल त्यसपछि अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको पुनरागमन पूरा गरे ।
अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्वीस टोलीले साबिक विजेता इटालीलाई हराउँदै यसअघि नै अन्तिम आठमा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
-
सशस्त्र प्रहरी स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित पशुपतिमा खटिने
-
नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री