थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
आइतबार, १६ असार २०८१, २३ : ३९
![थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी](https://rpcdn.ratopati.com/media/albums/russia_xZlDoDQSgh.jpg)
मस्को । महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।
मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।
रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।
रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।
मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ ।
मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ
-
फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित
-
मणिपाललाई राजश्व छुट दिएपछि एमालेले भन्यो : महानगर भ्रष्टाचारको दलदलमा फस्यो
-
गाई र बाछोसहित किशोर पक्राउ
-
श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत
-
झापामा हात्तीको त्रास, चालु आवमा ६ जनाको मृत्यु