मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा २४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

आइतबार, १६ असार २०८१, २२ : १७
आइतबार, १६ असार २०८१

रौतहट । रौतहट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको औषधी, ८ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी र विभिन्न सवारी साधन गरी कुल २४ लाख, ६० हजार ३०९ बराबरको अवैध सामान बरामद भएको छ । 

बरामद सामानहरू आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। –सञ्जय मिश्रा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप