मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रोहित र विराटपछि जडेजाद्वारा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास

आइतबार, १६ असार २०८१, २२ : ०८
आइतबार, १६ असार २०८१

बारबाडोस । भारतीय क्रिकेट टोलीका अलराउन्डर खेलाडी रवीन्द्र जडेजाले आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मनका साथ म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा भन्छु ।’

‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु। र क्रिकेटका अन्य ढाँचाहरूमा पनि जारी राख्नेछु,’ उनले लेखे, ‘टी–२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ। म मेरो टी–२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु। तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद।’

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो । भारतीय टोलीले लगभग १७ वर्षपछि यो उपाधि जितेको हो । रवीन्द्र जडेजा पनि भारतीय टोलीमा थिए । खेल सकिएपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट संन्यास लिएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप