मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी धिरेन्द्र झा समूह

आइतबार, १६ असार २०८१, २१ : ५१
आइतबार, १६ असार २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आइतबार नेपाल जनता पार्टी धिरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । 

कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका  उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आइतबार आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।  

राष्ट्रियता, प्रजातन्त्र र संवर्द्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको वैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक विकास र समृद्धि साझा लक्ष्य हुने उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप