मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सिंहको स्वास्थ्य अवस्था बुझ्न चाक्सीबारी पुगे देउवा

आइतबार, १६ असार २०८१, २१ : ४२
आइतबार, १६ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगेका छन् ।

उपचारपछि स्वदेश फर्किएका नेता सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न देउवा आइतबार चाक्सीबारी पुगेका हुन् ।

नेता सिंह स्वास्थ्य उपचार गराएर गत शुक्रबार भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्किएका थिए । वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप