सुदूरपश्चिममा १ खर्ब ४० अर्ब कर्जा प्रवाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको यो वर्षको कर्जा उपभोग ७ प्रतिशतमाथिले घटेको छ । २०८० असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर्जा उपभोग ७.२८ प्रतिशतले घट्दै १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
आइतबार प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो रिपोर्ट पेस गरेको हो । २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशबाट बैंक तथा वित्तीय संस्थाहरूले कूल १ खर्ब ३६ अर्ब ८३ करोड १६ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै यता १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा समग्र प्रदेशको निक्षेप सङ्कलन १.९१ प्रतिशतले बढ्दा कर्जा लगानी ७.२८ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने प्रदेशको निक्षेप सङ्कलन ०.४२ प्रतिशतले घट्दा यता कर्जा लगानी ६.२७ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.७१ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.३० प्रतिशत रहेको छ ।
त्यसै गरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ७०।३२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । –प्रयास श्रेष्ठबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता