मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विदेशबाट भन्सार छलेर ल्याएको सुनको कारोबार गर्ने युवक पक्राउ

आइतबार, १६ असार २०८१, २१ : १७
आइतबार, १६ असार २०८१

काठमाडौँ । अवैध रूपमा भन्सार छली ल्याएको सुनको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका २९ वर्षीय सम्साद आलम रहेका छन् ।

काठमाडौँको तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसारपोसार गरी विक्री वितरण गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शनिबार आलमलाई शङ्कास्पद अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्दा निजले लगाएको पाइन्टको दायाँ खल्तीमा ५४.८७० ग्राम तौल भएको २ थान सुनको बाला थान२ फेला परेकोले थियो । 

आलमलाई पक्राउ गरी बरामद सुनसहित भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप