नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा
![नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा](https://npcdn.ratopati.com/media/news/yyy_7HiPixGm4a.jpg)
काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको याक एन्ड यतिमा भएको साधारण सभामा मञ्चका नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छा लगायत कार्यसमिति सदस्यहरूलाई परिचय गराइएको थियो ।
प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।
नव–निर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह
-
नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रचण्डको निर्देशन
-
‘वनसँग सेलिब्रेटी’ कार्यक्रम, अनावश्यक भएको भन्दै खर्च कटौती प्रस्ताव दर्ता
-
महिला सांसदले सभामुखलाई ‘आँखामा आँखा मिलाएर कुरा गर्नुस्’ भनेपछि...
-
भारतको सत्संगमा भागदौड हुँदा २७ जनाको मृत्यु
-
१८ करोड अपचलन गर्ने तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा