मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानु आवश्यक छ : मन्त्री तामाङ

आइतबार, १६ असार २०८१, २० : ३७
आइतबार, १६ असार २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा -प्रतिष्ठानकाे सङ्गीत विभागद्वारा आयोजित "नौमतिमा नौ राग" वादन  प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चै बाजाको भूमिका जनजीवनमा महत्त्वपूर्ण रहेकोले  यो संगीत र यसको महत्त्व संसार सामु चिनाउनु पर्ने बताए । 

उनले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चैबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताए ।  

नौमती बाजाको संरक्षण, विकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिए ।

नेपालमा अहिले सम्म १३५५ भन्दा बढी बाजाहरूको प्रयोग हुँदै आएकोमा  कतिपय बाजाहरू लोपोन्मुख अवस्थामा र जीर्ण अवस्थामा रहेको भन्दै उनले ती सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, विकास र प्रवर्द्धनको खाँचो देखिएको बताए ।

नेपाली पञ्चेबाजा, नौमती बाजा र यसबाट निस्कने धुन, संगीत मुलुकको पहिचान रहेको भन्दै उनले यसको संरक्षण र प्रवर्द्धनले विश्वसामु परिचित बनाउनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने बताए । यस्ता मौलिक तथा परम्परागत बाजाहरूको संरक्षणमा सरकार र मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री तामाङले प्रतिबद्धता पनि जनाए ।  आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्त्व रहनेमा पनि उनको धारणा थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप