राप्रपा अर्ली अधिवेशनतिर, जिल्ला अधिवेशनको कार्यविधि संशोधनसहित पारित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्ली अधिवेशनतिर लागेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित गरिएको हो ।
यसअघि बसेको राप्रपा केन्द्रीय समितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको आगामी निर्वाचनलगायतका निर्वाचनहरुलाई ध्यान दिई पार्टीको सबै तहको निर्वाचन चाँडो गर्ने तयारी गरेको हो ।
अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका समेत समावेश गरिएको छ । बैठकले केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने निर्णय गरेको छ । यस्तै जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय पनि गरिएको छ ।
यस्तै राप्रपाले किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर