मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

भारतमा फेरि ढल्यो निर्माणाधीन पुल

आइतबार, १६ असार २०८१, १९ : १७
आइतबार, १६ असार २०८१

झारखन्ड । भारतमा फेरि अर्को निर्माणाधीन पुल भत्किएको छ । एक पछि अर्को गर्दै बिहारमा बन्दै गरेका अवस्थाका कयौं पुलहरू भत्किएका थिए । 

अब भने झारखण्डमा निर्माणाधीन पुल भत्किएको छ । गिरीडिह जिल्लाको देवरी ब्लकस्थित अरगा खोलामा बनिरहेको पुलको पिल्लर भीषण वर्षाबिच धँसिएर गार्डर भाँचिदा पुल भत्किएको हो ।

यद्यपि, यस घटनामा कोही हताहती भएको खबर नआएको अधिकारीले बताएका छन् । घटना शनिबार राति झारखण्डको राजधानी राँचीबाट करिब २३५ किलोमिटर टाढा देवरी ब्लकमा भएको हो । सो पुल डुम्रीटोला र कारिपहरी गाउँ जोड्ने फतेहपुर–भेलावती सडकमा पुल निर्माण भइरहेको थियो ।

यो पुल साढे पाँच करोडको लागतमा बनाउन लागिएको दाबी गरिएको छ । ‘पुल निर्माणको काम भइरहेको थियो । शनिबार राति परेको अविरल वर्षाका कारण पुलको गार्डर भाँचिएपछि एउटा पिलर भत्किएको हो । ठेकेदारलाई पुलको भत्किएको हिस्सा पुनःनिर्माण गर्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप