मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

आइतबार, १६ असार २०८१, १९ : १६
आइतबार, १६ असार २०८१

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ परेकी छिन् । २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  

फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप